तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार ओलीको मिर्गौलामा प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य शाह बुधबार नै नेपाल फर्कनुभएको जनाइएको छ । शाहका अनुसार अर्को सातासम्म ओलीको स्वास्थ्य उपचार प्रकृया पुरा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button