तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक जारी

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको सचिवालय बैठक केन्द्रिय कार्यालय धुमबाराहीमा बसिरहेको छ ।
सचिवालय बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहनुभएकाले पार्टी संगठन सम्बन्धी एकीकरणको बाँकी काम टुंग्याउन सचिवालय बैठक बसेको हो ।
प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सचिवालय बैठक बसेर आवश्यक निर्णय लिन अध्यक्ष प्रचण्डलाई अधिकार दिएको थियो ।
सचिवालय बैठकको अध्यक्ष प्रचण्डले पहिलो पटक अध्यक्षता गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button