तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विश्वविद्यालयमा बिएस्सी प्रथम वर्षको भर्ना छनौट सूचना सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह बिएस्सी प्रथम वर्ष २०७६ मा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागी प्रवेश परिक्षा कार्यक्रम प्रकाशित गरिएको छ ।

यहि मिति २०७६ साल भाद्र ५ गते देखि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेभसाइट बाट आवेदन गरि फाराम भर्न सकिनेछ । आवेदन फारम बुझाउने अन्तिम मिति २०७६ साल आश्विन १० गते तोकिएको छ । साथै दोब्बर दस्तुर तिरि २०७६ साल कार्तिक २० गते सम्म पनि फारम भर्न पाइने छ ।

त्रिभुवन विश्वविद्यालयले जारी गरेको सुचना :

प्रतिक्रिया राख्नुहोस्

Back to top button