तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रबद्र्धन गर्न ‘इलाम साहित्य महोत्सव’

इलाम। पर्यटन प्रवद्र्धनका लागि आगामी असोज ३ गतेदेखि दुईदिने ‘इलाम साहित्य महोत्सव’ हुने भएको छ । साहित्यकार, कलाकार, नेता, अधिकारकर्मी, चिन्तक विश्लेषक र संचारकर्मीलाई एकै थलोमा जमघट गराएर इलाम सदरमकाम स्थत सिटि हल र चियाबारीमा बहस गरिने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
साहित्यको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामलाई साहित्यमा पुनर्जागरण गर्न महोत्सव गर्न लागेको आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयोे । ‘पर्यटनको लागि साहित्य’ भन्ने मुल नारा सहित आयोजना हुने महोत्सवमा देश भित्र र बाहिरका २ सय बढी साहित्यकर्मीहरुलाई इलाम भित्र्याउने जनाइएको छ ।
महोत्सवमा साहित्य, पर्यटन, कृषि, राजनीतिक, गीत संगीत, आख्यान, विचार लगायत ११ वटा विधामा बहस र छलफल हुने सचिव रोशन राईले बताउनुभयो । महोत्सवमा युवा नेताहरु योगेश भट्टराई , विश्वप्रकाश शर्मा, घनश्याम भुषालसँग बहस, दश वर्षपछिको नेपाल विषयमा नेता प्रदीप गिरीसँग संबाद, गणेश रसिक, कोमल निरौला, शुभ मुकारुङसँग गीत संगीतबारे बहस हुने जनाइएको छ । महिला ,दलित र आदिवासी अधिकारबारे पनि बहस हुनेछ ।
अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा, ब्रजेश खनाल, प्रकाश आङदेम्बे , श्रवण मुकारुङ, मोमिला जोसी मनु मञ्जिल, राजन मुकारुङ, संजीव उप्रेती, युवाराज नयाँघरे, भुपिन, प्रकाश बुढाथोकी, सिवानी सिंह थारु लगायतका बक्ताहरु सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
महोत्सवमा नेपालसहित भारतको सिलीगुडीमा रहेका प्रवासी नेपाली साहित्यकारहरुको समेत सहभागिता गराउने तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । महोत्सवको लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा संस्थाहरुबाट श्रोत जुटाउने प्रयास भईरहेको कोषाध्यक्ष सुरेन राईले बताउनुभयो ।
साहित्य महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउने आयोजकको दाबी छ । आगामी वर्षहरुमा जिल्लाको अन्य स्थानीय तहहरुमा साहित्यिक कार्यक्रमहरु संचालन गर्ने समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button