एजेन्सी । कश्मिरमा १५ दिनपछी सोमबारबाट स्कुलहरु खुलेको छ । स्कुल खुले पनि विद्यार्थीहरु स्कुल जान डराइरहेका छन् ।
मुस्लिम बाहुल्य रहेको कस्मिरको राजधानी श्रीनगरमा रहेका करिब दुई सय प्राथमिक विद्यालय खुला भएको अधिकारीहरुले जनाएका छन् ।
अभिभावकहरुले सुरक्षाको चिन्ताको कारण आफ्ना नानीहरुलाई स्कुल नपठाएको बताएका छन् । साथै विद्यार्थीहरुमा पनि एकप्रकारकाे त्रास कायमै रहेकाले विद्यालय जान नसकेकाे बताइएकाे छ ।
भारत सरकारले अगस्ट ५ का दिन कस्मिरलाई दिँदै आएको विशेष राज्यमा मान्यतालाई अन्त्य गरेसँगै तनावको स्थिति सिर्जना भएको छ ।