तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालको उडड्यन क्षेत्र सधैं कालोसूचीमा रहँदैन’

सुरेन्द्रमणि त्रिपाठी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपालको उड्डयन क्षेत्र अब सधैंका लागि युरोपियन यूनियनको कालोसुचीमा नरहने बताउनुभएको छ ।

नेपाललाई यूरोपियन यूनियनले हवाइ उड्डयन क्षेत्रमा कालोसुचीमा राखेको सन्दर्भमा त्यसबाट हटाउने गरी काम र सम्बन्धित पक्षलाई जानकारी दिने काम सुरु गरिसकिएकाले अबको केही समयमा नेपाल त्यस सूचीबाट हट्ने बताउनु भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार गरेको उड्डयन सुरक्षा सम्बन्धी प्रतिवेदन आज काठमाडौंमा सार्वजनिक गर्दै पर्यटन मन्त्री भट्टराईले अब नेपालमा थप विमानस्थल निर्माण गर्दा हचुवाको भरमा नभई आवश्यकता र औचित्यका आधारमा मात्र गरिने बताउनुुभयो ।

पर्यटन मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागिरहेको सन्दर्भमा नेपालको उड्डयन क्षेत्र अति सुरक्षित हुनुपर्ने र त्यसका लागि सरकारले अब जोडतोडका साथ कडा रुपमा काम अगाडी बढनाउने विश्वास पनि दिलाउनुभयो ।

कार्यक्रममा नेपाल उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उडड्यन क्षेत्रमा तुलनात्मक रुपमा सुधार हुँदै गएको तर त्यतिले मात्र नपुग्ने हुँदा अब प्राधिकरण दीर्घकालीन योजनाका साथ कडा रपमा उतर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button