तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री सोमबार स्वदेश फर्कने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार स्वदेश फर्कनुहुने भएको छ । उहाँ आज आइतबार स्वदेश फर्किने कार्यतालिका एकदिन पछि सरेको हो।
नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत बिवरण आउन बाँकी रहेकोले आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली भोलि सोमवार दिउसो थाइ एअरको नियमित उडानमार्फत अपरान्ह १२ः३० मा काठमाडौं आइपुग्नुहुने हुनेछ।

प्रधानमन्त्री ओली साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button