तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

तुलसीपुर । दाङमा अज्ञात समूहले गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेको छ । गए राति जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी प्रबत्ता विनोद विक्रम शाहले जानकारी दिनुभयो ।
अध्यक्ष वलीको घरनजिक रहेको वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न नसकेको जनाइएको छ । घटनास्थलतर्फ प्रहरी प्रमुख एसपी वेल बहादुर पाण्डे सहतिको टोली गएको छ । प्रहरीले भने प्रतिवन्धित पार्टी विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button