तपाईँ सुन्दै हुनुहुन्छः

भारी वर्षापछि तुरतुरे ताल फुट्यो,तटीय क्षेत्रका बस्ती जोखिममा

 

बाग्लुङ, २० साउन  लगातारको भारी वर्षापछि सोमबार बिहान बडीगाड खोलामा पानीको सतह बढेसँगै तुरतुरे ताल फुटेपछि मध्यपहाडी लोकमार्गको केहि भाग बगेको छ । जसका कारण यातायात अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने खार बजारको माथिपट्टी भल सहितको पहिरोले सडक अवरूद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक समुद्र नेपालको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

तालमा रहेको पानीको सतह करीब १० मिटर घटेको छ । तुरतुरे ताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछि तलका तटीय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार, खर्वाङ बजार र गुल्मीको रिडी क्षेत्रसम्मका स्थानीयबासी त्रसित बनेका छन् ।

तालको पानी घट्न रोकिएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताइए पनि सबै तटीय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ । भिमगिठे बजारको तटीय क्षेत्रमा प्रहरी नायव निरीक्षक रिनबहादुर बैदवार, खार क्षेत्रमा प्रहरी सहायक निरीक्षक लालमणि भट्टराई र खर्वाङ क्षेत्रमा प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको टोली खटिएको बताइएको छ ।

बागलुङको तमानखोलाको लाममेलामा १ जनाको मृत्यू २ जना वेपत्ता 

बागलुङको तमानखोला गाउँपालिका वडानं. ४ को लाम्मेलामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ भने २ जना व्यपत्ता भएका छन्। पहिरोले लाम्मेला का ५ घर पुरेको वडा अध्यक्ष उदिन छन्त्यालले जानकारी दिनुभएको छ। पहिरोमा परि ३५ वर्षकाी सन्त कुमारी श्रीपालीको ज्यान गएको हो। उनको शव निकालीएको छ। पहिरोमा परि ७० वर्षिया अन्सारी श्रीपाली र १२ बर्षिया प्रविण श्रीपालि बेपत्ता भएका छन्। पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको गाउँपालिका अध्यक्ष जोकलाल वुढाले जानकारी दिनुभएको छ। राती १ वजे तिर गएको पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरि उपचारको लागी पठाइएको वडा अध्यक्ष उदिम छन्त्यालले जानकारि दिनुभएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button