तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीका३ एआईजीको सरुवा

काठमाडौँ।  सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरुको सरुवा गरेको छ । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए ।मानवस्रोत साधान विभागका नारायणबाबु थापाको सीमा सुरक्षा विभागमार मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ ।

सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

  पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।यस्तै,सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button