तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी आमा छोरीको मृत्यु

बाजुरा। बाजुराको गौमुल गाउँपािलका वडा न. ६ वसाला शान्तिटोलमा विहिबार राति पहिरो जादा आमा छोरीको मृत्यु भएको छ । पहिरोमा परी गौमुल गाँउपालिका वडा नं ६ वसाला निवासी ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किशुचदाराको मृत्यु भएको हो ।
गए राती एक वजेतिर घर माथिवाट पहिरो खस्दा घर पुरिएर आमाछोरीको मृत्युभएको स्थानीयवासिन्दा रमित विकले जानकारी दिनुभयो । स्थानीय तथा प्रहरीको सहयोगमा पहिरोमा पुरिएका मृतकको शव झिकिएको छ ।
पहिरोमा परी अन्य ६ जना घाईते भएका छन् । घार्ईतेमध्ये ९५ वर्षीय जंग चदारा सख्त घाईते छन् । घाईते चदाराको गौमुल स्वास्थ्यचौकी घटमुनामा उपचार भैरहैको छ । उद्धारका लागि राति नै प्रहरी टोली घटनास्थलमा पठार्ईसकेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिनुुभयो । केही दिनदेखि निरन्तर वर्षा भैरहेकोले नदी खोला र भीरपाखोमा वसोवास गर्ने सबैले उच्च सतर्कता अपनाउन प्रजिअ न्योपानेले अनुरोध गर्नुभएको छ ।
वसालको शान्तिटोल गाउँ माथिवाट पहिरो खसेपछि दलित टोलका १७ वटा घर जोखिममा रहेको बताईएको छ । तिन दिनदेखि निरन्तर आएको वर्षाका कारण बसालामा पहिरो गएको स्थानीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button