तपाईँ सुन्दै हुनुहुन्छः

६१ घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण

विक्रम रौनियार, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका १० खयरमारामा ६१ घरपरिवारलाई आज जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।

बर्दिवास नगरपालिका १० स्थित खयरमारामा विगत ८० बर्षदेखि बसोबास गर्दै आएका स्थानीय ६१ घरपरिवारलाई आज आयोजित एक कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कुमार कार्की र प्रदेश नम्बर २ का प्रदेश सासंद शारदा देवी थापाले संयुक्त रुपमा जग्गाधनी लालपुर्जा बितरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button