तपाईँ सुन्दै हुनुहुन्छः

चुरे र तराइका साना नदीमा आक्समिक बहाव आउने

काठमाण्डौ । आज दिउँसो पश्चिम तराई तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिएकाले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने महाशाखाले विश्लेषण गरेको छ ।
आज कन्कार्इ र सहायक नदीहरुमा बहाव सतर्कता तह आसपास सम्म पुग्न सक्ने तथा इलाम, झापाका साथै मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनकुटा, पर्सा, बारा, नवलपरासी, रुपन्देही, कैलाली, कञ्चनपुर, दाङ लगायतका चुरे र तराइबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button