तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा कार्यसम्पादन सम्झौता सम्पन्न

काठमाण्डौ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशकहरुबीच आज वार्षिक कार्यसम्पादन सम्झौता भएको छ ।
सरकारले लिएको नीति अनुसार रेडियो नेपालका कर्मचारीहरुलाई थप जिम्मेवार बनाई कामलाई प्रभावकारी बनाउन कार्यकारी निर्देशक कार्कीले नायव कार्यकारी निर्देशकहरुसँग कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।
कार्यकारी निर्देशक कार्कीले नायव कार्यकारी निर्देशकहरु अशोक बास्कोटा, बुद्धिबहादुर केसी र कृष्ण कोइरालासँग कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।
त्यस अवसरमा कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालको भावी कार्ययोजना, समृद्धि र विकासका लागि सम्झौताले भैरहेको कामलाई गति दिने र नयाँ कामको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।
नायव कार्यकारी निर्देशक अशोक वास्कोटाले कार्यसम्पादन सम्झौता नयाँ अभ्यास भएको र यसले तोकिएको शतप्रतिशत कार्य सम्पादन गर्न थप बल पुग्ने बताउनुभयो ।
नायव कार्यकारी निर्देशक बृद्धिबहादुर केसीले रेडियो नेपालको समग्र विकासका लागि सम्झौता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
अर्का नायव कार्यकारी निर्देशक कृष्ण कोइरालाले सम्झौता अनुसार शतप्रतिशत कार्य सम्पादन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यसम्पादन सम्झौता नायव कार्यकारी निर्देशकहरुले आफु मातहातका निर्देशकहरुसँग पनि गर्नु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button