तपाईँ सुन्दै हुनुहुन्छः

डा.रुइतले नेपालमा आँखा उपचारका क्षेत्रमा चमत्कारिक काम गर्नुभएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले डा. सन्दुक रुइतले नेपालमा आँखा उपचारका क्षेत्रमा चमत्कारिक काम गर्नुभएको बताउनुभएको छ ।
आज काठमाडौंमा तिलगङ्गा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, डा. रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ । आँखा उपचारका लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ । त्यसकारण उहाँलाई बधाई र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।”
प्रधानमन्त्री ओलीले डा. रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन् । सरकारका तर्फबाट तपाईंहरुलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ ।”
प्रधानमन्त्री ओलीले तिलगङ्गा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button