तपाईँ सुन्दै हुनुहुन्छः

घुस रकमसहित कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ ।

आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनीहरु दुवैजनालाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरेको हो ।

लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने प्रयोजनका लागि पौडेलले प्रशासनिक खर्चबापत भन्दै घुस रकम लिने क्रममा अख्तियारले पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button