तपाईँ सुन्दै हुनुहुन्छः

‘मधेशलाई विपदबाट जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ’

जनकपुरधाम । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तराई मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्ण रूपले बन्द गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नं– २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि आज जनकपुरधाम विमानस्थलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री यादवले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नु अपरिहार्य रहेको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले सङ्कटलाई सामना गरी उद्धार कार्य सम्पन्न गरिए पनि अब पुनःनिर्माणमा जुटेर यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतीय बाँध समस्याको समाधानबारे पहल भइरहेको बताउँदै नेपालभित्र रहेका नदीको तटबन्ध राम्ररी गर्नु पर्ने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उत्पन्न विपद्को स्थायी समाधानका लागि सङ्घीय सरकारको सहयोगका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button