तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री पण्डितद्वारा मोरङका बाढी पीडितलाई राहत वितरण

विराटनगर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दीर्घकालिन उपाय अपनाएर बाढी पहिरोबाट हुने कटान र क्षत्ति न्युनिकरण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
विराटनगरमा बुधबार बाढी पीडितहरुलाई राहत वितरण गनुृहुदै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर खोलाहरुमा स्थायी र दिगो तटबन्ध गर्ने तर्फ सरकार केन्द्रित रहेको वताउनुभयो ।
बाढी पहिरोका कारण वर्षेनि ठूलो माात्रामा धनजन क्षत्ति हुने गरेकाले यसको दिगो व्यवस्थापन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री पण्डितले तटीय क्षेत्र तथा नदी किनारमा वसोबास गर्ने समुदायलाई बाढीबाट वर्षेनि पीडित हुने गरेकाले उनीहरुलाई जोगाउन उचित वसोबास आवश्यक रहेको बताउनुभयो ।
उहाँले बाढी पीडितलाई राहत र उनीहरुको उचित व्यबस्थापनका लागि सरकार गम्भीर भएर लागेको बताउदै बाढीबाट पीडित भएका कोही पनि राहतबाट वञ्चित नहुने उल्लेख गर्नुभयो ।
विराटनगर महानगरपालिका क्षेत्रका चारससय भन्दा बढि बाढी पीडितलाई मन्त्री पण्डितले त्रिपाल, झुल, टर्चलाईट तथा म्याट वितरण गर्नुभएको थियो । आफ्नै सहयोगमा मन्त्री पण्डितले राहत सामाग्री वितरण गर्नुभएको हो । मन्त्री पण्डित मोरङको बुढिगंगा गाउपालिकामा पुगेर त्यहाँ बाढीले पु¥याएको क्षत्तिका बारेमा जानकारी लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button