तपाईँ सुन्दै हुनुहुन्छः

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको हो । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति उहाँले गहिरो दुःख व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा मुख्यमन्त्री गुरुङले दुःखको घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । विपद्को घडीमा बेपत्ता भएकाको शीघ्र खोजी, उद्धार र राहतमा जुट्नसमेत उहाँले विज्ञप्तिमार्फत सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button