तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा थप ३ जनाको शव फेला, मृतकको संख्या ८ पुग्यो

बीरगंज। रौतहटको गौर नगरपालिकासहित आसपासका एक दर्जन भन्दा बढी गाउँमा पानीको सतह घटेसँगै आज थप ३ जनाको शव फेला परेको छ ।
अझै दुई जना बेपत्ता छन् । आज रौतहटको राजपुर नगरपालिका १ निवासी २५ वर्षीय सोनेलाल साह, गढीमाई नगरपालिका १ का बीरेन्द्र रामको १० वर्षीय छोरा रवि राम र रामबाबू रामको ९ वर्षीय छोरा सुरेस रामको शव फेला परेको प्रहरीले जनाएको छ ।
सोनालाल साह २८ गते देखि बेपता भएका थिए । उनको शव आज बिहान सशस्त्र बेसक्याम्प गौर नजिक बरामद भएको थियो । त्यस्तै रवि राम र सुरेश राम बृन्दावन नगरपालिका ४ हर्दिया नजिक सडक छेउमा जमेको पानीमा डुबेपछि स्थानीयले उद्वार गरेर जिल्ला अस्पताल गौरमा उपचारको लागि लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले जानकारी दिनुभयो ।
यसअघि रौतहटमा बाढीको कारण खोलाले बगाएर तथा डुबेर मृत्यु भएका ५ जनाको शव बरामद भएको थियो । आज थप ३ जनाको शव बरामद भएपछि रौतहटमा बाढी र डुवानबाट मर्नेको संख्या ८ पुगेको छ ।

डुवान पछि मध्यतराईमा सर्पको विगविगी

लगातारको वर्षा र डुबानपछि मध्यतराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लामा सर्पको बिगबिगी बढेकोे छ । बासस्थान पानीले भरिएपछि सर्प बाहिर निस्केका हुन् ।
सर्पले डसेर गएराति रौतहटको यमुनामाई गाउँपालिका–१ जुठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको मृत्यु भएको छ ।
रौतहटको ‘डुबान क्षेत्रमा विगत दुई दिन यता सर्पले डसेका २० जना भन्दा बढीको उपचार चन्द्रनिगाहपुर अस्पतालमा भएको छ ।
बाढीसँगै आएको विषालु सर्पले डसेर यसअघि बारा र पर्सामा एक एक जनाको मृत्यु भएको छ । वीरगंजको नारायणी अस्पतालमा बर्षापछि दैनिकरुपमा ८÷९ जना सर्पदंशका घाइते उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button