तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मृतकको संख्या ३ पुग्या, १ जना अझै बेपत्ता

झापा, भद्रपुर । खोलामा आएको बाढीले बगाएर झापामा एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी नगरपालिका १० ब्याङडाँडाका ९ वर्षीय सौगात चापागाईंको शनिबार स्थानीय बनियानी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो । सौगात शिवसताक्षी ५ सालमारास्थित फुफु निर्मला पौडेलको घरमा गएका थिए । फुपुको घर छेउमा खेल्ने क्रममा चिप्लिएर बालक खोलामा खसेका थिए । बाढीले बगाएर बेपत्ता भएको बालकलाई स्थानीय र आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा शव फेला पारेका थिए ।
योसँगै झापामा अविरल वर्षासँगै बाढीबाट मृत्यु हुनेको संस्खा ३ पुगेको छ । यसअघि शुक्रबार दमक नगरपालिका १० मा ६ वर्षीया बालिका एलिजा न्यौपानेको स्थानीय भालु खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो भने कमल खोलाको बाढीले इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको शव बगाएर ल्याएको थियो ।
भद्रपुर नगरपालिका ९ स्थित हडिया खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button