तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट:निरन्तरको बर्षाले प्रदेश नम्बर २ मा ८ को मृत्यु, ६ बेपत्ता

वीरगंज -चार दिन देखिको अविरल बर्षा कमभए सँगै हिजो अपरान्ह देखि प्रदेश नम्बर २ का वारा, पर्सा,रौतहट,सर्लाही,सिराह,सप्तरी,धनुषा, महोत्तरी लगायतका ८ जिल्लामा बाढी तथा डुवान प्रभावित क्षेत्रका पिडितहरुलाई एक साथ उद्धार तथा राहत वितरण कार्यलाई अगाडी बढाईएको छ ।

पहिलो चरणमा बाढि तथा डुबानमा फसेकालाई उद्धार गरिएको र हाल सुरक्षित स्थानमा सारीएका प्रभाबित परिवारहरुलाई राहत बितरण समेत गरिएको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो । प्रारम्भीक चरणमा बाढि तथा डुवानबाट बढि प्रदेश नम्बर २ मा १५ हजारभन्दाबढि घरपरिवार नराम्रोसंग प्रभाबित भएको र बाढि तथा डुवानबाट प्रभाबित ५ हजार लाई सुरक्षित स्थानमा सारीएको मुख्यमन्त्रि राउतले बताउनु भयो ।

अबिरल बर्षापछि आएको बाढीबाट पर्साको पकहामैनपुर, कालिकामाई, निचुटा, वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा प्रभावित भएका ४ सय २७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । बाढीबाट प्रभावितहरुलाई उद्धार गरी राहत समेत उपलब्ध गराईएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो ।

स्थानिय प्रहरी प्रशासन, उद्योगी व्यवसायि, विभिन्न सामाजिक संघ संस्था, वीरगंज महानगरपालिका लगायतका संयुक्त प्रयासमा राहत संकलन गरी वितरण कार्य अगाडी बढाईएको छ । हाल सम्म बाढी तथा डुवानबाट प्रभावित १ हजार भन्दा बढी व्यक्तिलाई त्रिपाल, चामल, चाउचाउ, पानी, विष्कुट लगायतका सामग्री प्रदान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।

राहत वितरण कार्यलाई एकद्वार प्रणाली मार्फत सोझै पिडितले पाउने गरी प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
यसैगरी बाराको जीतपुर, फेटा, देवताल, विश्रामपुर, महागढीमाई गाउँपालिका तथा नगरपालिकाकाबाट घर डुवानमा परि प्रभावित भएका ५ सय घरका परिवारहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्र्रशासन कार्यालय वाराका प्रवक्ता मुरारी कार्कीले जानकारी दिनुभयो । प्रभावितहरुलाई सम्बन्धित स्थानिय तहले नै राहत वितरण तथा खानपानको व्यवस्था मिलाएको प्रवक्ता कार्कीले बताउनु भयो ।
अविरल वर्षाका कारण प्रदेश नम्बर २ मा ८ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । बेपत्ताभएकाहरुको खोजीकार्य भईरहेको प्रदेश नम्बर २ प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी खटिएको छ । प्रदेश नम्बर २ को अबरुद्ध पुर्ब– पश्चिम राजमार्गको बिभिन्न सडकखण्डमा डाईभर्सन निर्माणगरी एकतर्फी यातायात सन्चालनको व्यबस्था मिलाईएको प्रदेश नम्बर २ का मुख्यमन्त्रि लालबाबु राउतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button