तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा हुने क्रम जारी रहने

काठमाण्डौ । हाल मनसुनी न्यूनचापीय रेखा दक्षिणी सिमानामा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले दुई तीन दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुनुकासाथै केहि स्थानहरुमा भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज प्रदेश १, २ र ३ का प्रायः जिल्ला भएर बग्ने साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बग्ने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बग्ने केही साना नदीमा आकस्मिक वहावको सम्भावना धेरै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button