तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालको कुटनीति आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा केन्द्रित’

केशव ढुंगाना । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको कुटनीति मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘नेपालको कुटनीतिक अभ्यास’को आज काठमाडौमा विमोचन गर्नुहुँदै मन्त्री ज्ञवालीले देशको कुटनैतिक क्षमता र अन्तष्ट्रियय प्रतिष्ठा बढाउन समेत तीव्र आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले मूलुकको पछिल्लो राजनैतिक परिवर्तनले राष्ट्रिय आवश्यकता र लक्ष्यमा परिवर्तन ल्याएको र त्यसको प्रभाव परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धमा समेत परेको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति अन्तराष्ट्रिय समूदायसँगको मित्रता र देशको आर्थिक विकास बाहेक अन्य कुनै स्वार्थ बाट प्रभावित नहुने स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button