तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसद्वारा सदन अवरुद्ध

काठमाण्डौ । प्रतिनिधि सभाको मगंलबार बसेको बैठक सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सर्लाही घटनाको विषयमा गृहमन्त्री रामबहादुर थापाले सदनलाई दिनुभएको जवाफ चित्त बुझ्दो नभएको तथा कुमार पौडेलेको मृत्यु सम्बन्धमा संसदीय छानविन समिति मार्फत् छानविन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत प्रतिपक्षी दल राजपाले बैठक अवरुद्ध गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद चल्न नदिएपछि १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
पहिलो बैठक स्थगित भएपछि सभामुख महराले संसद भवन नयाँ बानेश्वरमै सबै दलका प्रमुख सचेतक र सचेतकहरुसँग सदन सुचारु गर्ने विषयमा छलफल गरे तापनि दलहरुबीच कुरा मिल्न नसकेपछि बैठक स्थगित गरिएको सभामुख महराको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button