तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक आकस्मिक होईनः सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौ । आज विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा समसामयिक विषयहरुमा छलफल भएको छ ।
मन्त्रिपरिषदको नियमित बैठक हिजो सोमबार साँझ केहीबेर बसेर स्थगित भएपछि आज विहान पुनः बसेको हो ।
आज विहान बसेको मन्त्रिपरिषदको बैठक आकस्मिक नभएर हिजोकै निरन्तरता भएको र आजको बैठकमा समसामयिक विषयमा छलफल भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button