तपाईँ सुन्दै हुनुहुन्छः

तयारी पूरा गरी परीक्षणलाई निरन्तरता दिइनेः मन्त्री ज्ञवाली

डायलसन अधिकारी, बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताउनु भएको छ ।

आज रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो ।

मन्त्री ज्ञवालीले सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button