तपाईँ सुन्दै हुनुहुन्छः

संसदबाट बजेट पारित

काठमाण्डौ। आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा पेश गरेको बजेट मंगलबार बहुमतले पारित भएको छ ।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट पेश गर्नुभएको थियो ।
कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button