राष्ट्रिय परिचयपत्रका लागि झापामा दर्ता शुरु
झापा । राष्ट्रिय परिचयपत्रका लागि झापामा विवरण दर्ताको काम सोमबारदेखि शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कर्मचारी मिलन केन्द्रको कार्यालयमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्ष स्थापना गरी परिचयपत्र विवरण दर्ता शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले आफ्नो व्यक्तिगत विवरण भरी फोटो खिचाएर राष्ट्रिय परिचयपत्र विवरण दर्ताको शुभारम्भ गर्नुभयो ।
गृह मन्त्रालयले पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरूप यस वर्ष झापासहित १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा हाल ६ वटा कम्प्युटर राखेर सेवा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्