तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा फुटवल ट्रेनिङ्ग सेन्टर स्थापना हुने

इलाम । सूर्योदयनगरपालिका इलाम र अखिल नेपाल फुटबल संघबीच एन्फा ट्रेनिङ सेन्टर स्थापना गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विहिबार नगरपालिकामा आयोजित एक कार्यक्रममा सम्झौता भएसँगै अब इलामको सूर्योदय नगरपालिका वडा नं.१२ को करफोकमा फुटवल ट्रेनिङ्ग सेन्टर स्थापना हुने भएको हो ।
सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले हस्ताक्षर गरेका छन् ।
सूर्योदयनगरपालिका वडा नम्बर १२ मा रहेको करफोक विद्या मन्दिरको नामको ७० रोपनी जग्गामा ट्रेनिङ्ग सेन्टर स्थापना हुने छ ।
खेलाडी, रेफ्रि, चेन्जिङ्ग रुम,मेडिकल रुम, प्रशासनिक कक्ष र मिटिङ्ग हल, जिम हल र कार्यालय रहने गरी आधुनिक भवन बन्ने छ । तीनवटा खेलमैदान निर्माण गरिने एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले जानकारी दिए ।
निर्माण शुरु भएको पाँच वर्षमा ट्रेनिङ्ग सेन्टरको निर्माण पुरा हुने जनाईएएको छ । तर आउँदो हिउँदबाटै तालिम भने शुरु गर्नेगरि काम गरिने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिनु भयो । टेनिङ्ग सेन्टर निर्माणको लागि एक करोड ३० लाख रकम खर्च हुने छ ।
टेनिङ्ग सेन्टर निर्माणमा लाग्ने लागत एन्फा र सूर्योदय नगरपालिका कार्यालयले आधा आधा विनियोजन गर्नुपर्ने उल्लेख छ ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले टे«निङ सेन्टरको स्थापना हुनु निकै उपलब्धी भएको बताउनुभयो । सूर्योदयनगरपालिकासगै इलामका खेलाडीको प्रतिभा विकासमा टेनिङ्ग सेन्टर प्रभावकारी हुने नगरप्रमुख राईको भनाई छ ।
पूर्वी पहाडी क्षेत्रमा पहिलो पटक स्थापना हुन लागेको फुटवल टेनिङ्ग सेन्टरले यस क्षेत्रको खेल विकासमा योगदान पुग्ने अपेक्षा नगरबासीहरुले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button