तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनाका नयाँ ठेकेदार कम्पनीलाई स्थानीयको अवरोध

मेलम्ची। मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् ।
पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनलाई उनीहरुले फर्काईदिएका हुन् ।
सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । तर स्थानीयले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सुचारु गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि श्रेष्ठ कन्ट्रक्सनका मानिसहरु फर्केको स्थानीय संर्घष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताउनुभयो ।
‘काम गर्न आएका ठेकेदार कम्पनीका मानिसलाई हामीले आफ्नो समस्या र मागको बारेमा जानकारी गरायैं’े, ‘ स्थानीयको आवाज सुनेपछि माथि कुरा गर्ने भन्दै श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी फर्केका हुन् ।’
इटालिएन कम्पनी सिएमसी भागेपछि टेन्डर खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालिएको थियो ।
स्थानीयबासी लगायत निर्माण व्यावसायीहरुको डेढ अर्ब भुक्तानी पाउनु पर्ने माग राखेर आन्दोलनरत छन् । ‘हामीले सल्लाहले नै आफूहरुले सिएमसीसँगको गरेको कामको पैसा मागेका हौं’, ‘तीन अर्ब धरौटी जफत भएकाले त्यहीबाट भुक्तानी दिनु पर्दछ ।
आफूहरुले सरकारसँग रकम नमागेको भन्दै उनले आयोजना छिटो सुरु गर्न पहल होस् भन्ने आफूहरुको माग भएको उहाँले बताउनुभयो ।
हाम्रो रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिदै आएका छन् ।
यता स्थानीय सरकारले पनि स्थानीय समस्या समाधान नगरी मेलम्ची लाने सपना नदेख्न चेतावनी दिँदै आएको छ । खानेपानी आयोजनाको काम सुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कडेँलले स्थानीय हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button