तपाईँ सुन्दै हुनुहुन्छः

मध्यमोदीको अवरोध हट्यो, तल्लोमोदीमा तालाबन्दी कायमै

पर्वत-पर्वतमा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको अवरोध हटेको छ । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण उक महीनादेखि निर्माणकार्य रोकिएको थियो ।

बुधबार जिल्ला प्रसासन कार्यालयमा भएको सर्वपक्षिय छलफलका क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतीपुर्ती दिने सहमती भएकाले आयोजनाको अवरोध हटेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनामा जेठ ८ गते देखि निर्माण कार्य ठप्प थियो । क्षतिपुर्ती रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्ने सहमती भएको प्रजिअ नेपालले जानकारी जानकारी दिनुभयो ।

क्षतिपुर्ती रकम लिएपछि स्थानियले अनिवार्य रुपमा आफ्ना घर मर्मत गर्नुपर्ने र निर्माणका क्रममा थप क्षति भएमा आयोजनाले क्षतिपुर्ती दिनुपर्ने सहमति पनि भएको छ ।  आयोेजनाको २ हजार ७ सय मिटर लामो सुरुङ्ग निर्माणका क्रममा बम बिष्फोटन गर्दा घर संरचनाहरुमा क्षति पुगेको भन्दै उचित क्षतिपुर्ती मागेर स्थानियबासीले सुरुङ्ग निर्माण कार्यमा अबरोध पु¥याउँदै आएका थिए

। मोदी गाउँपालिका वडा नं १ र २ का ३० घरमा क्षति पुगेको प्रतिबेदन प्राबिधीक समितिले दिएको थियो । यस अघि प्राबिधीक समितिले क्षतिपुर्ती सिफारिस गरेको थियो तर प्रभावित क्षेत्रका बासिन्दाले प्राबिधीक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका थिए । आयोजनाले भने घर निर्माणका क्रममा बिष्फोटनबाट कुनै क्षति नभएको र केही घरमा भूकम्प र स्थानिय भौगर्भिक अवस्थाका कारण सामान्य समस्या देखिएको रिर्पोट भूगर्भबिद्हरुले दिएको दाबी गर्दै आएको थियो ।

पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्ग मध्ये २ हजार ५ सय मिटर भन्दा बढी सुरुङ्ग निर्माण कार्य सकिएको छ । स्थानीयको पटक पटकको अबरोधले गएको मंसिर पछि निर्माण कार्य अघि बढ्न सकेको छैन ।

आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट. शुरु भएको थियो ।आयोजनाको काम अघि बढाउन स्थानीयको साथ र सहयोग अनिवार्य रुपमा चाहिने भएपनि अवरोध भैरहँदा आयोजनाले गति नलिएको राउतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button