तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा

मेलम्ची। भूकम्पका कारण सबैभन्दा बढी क्षतिग्रस्त सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । विभिन्न कारणले घर निर्माण गर्न छुट भएको भन्दै १८ हजार ६ सय ८९ परिवारले गुनासो दर्ता गरेका छन् ।
गुनासो दर्ता गराएकामध्ये १५ हजार ८२० लाभग्राहीको पुनः सर्वेक्षण सकिएको छ भने २ हजार ८६९ लाभग्राहीको सर्वेक्षण गर्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइका कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।
जिल्ला आयोजना कार्यन्वयन ईकाइ, अनुदान व्यवस्थापन कार्यालयका अनुसार ६८ हजार लाभग्राहीले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ताको अनुदान लिइसकेका छन् । कुल ८८ हजार २७३ लाभग्राहीमध्ये ८५ हजार ८ सय २२ लाभग्राहीले पहिलो किस्ता वापतको १ लाख रुपैयाँ लिएका थिए । पहिलो किस्ता लिनेमध्ये ८१ हजार १ सय ८० ले दोस्रो किस्ताको अनुदान लिएका छन् । यहीँ अनुपातमा हेर्ने हो भने ४ हजार ६४२ ले मात्रै घर निर्माण सुरुवात नगरेको जिल्ला अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा सबैभन्दा बढी गुनासो सुनकोसी गाउँपालिकामा दर्ता भएको छ । सुनकोसीबाट २ हजार २४० लाभग्राहीले गुनासोमा नाम दर्ता गराएका छन् ।

त्यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिकाबाट २ हजार ५१, मेलम्ची नगरपालिकाबाट २ हजार ९४ र बाह्रबिसे नगरपालिकाबाट १२ सय ९२ लाभग्राहीले गुनासो दर्ता गराएका छन् ।

त्यस्तै, पाँचपोखरी थाङपाल गाउँपालिकाबाट १२८६, जुगल १३२१, हेलम्बु ८९२, त्रिपुरासुन्दरी १०४१, लिसंखुपाखर ११२७, भोटेकोसी १४९६, इन्द्रावती २०७३, बलेफी गाउँपालिकाबाट १७७६ लाभग्राहीले गुनासो दर्ता गराएको ज्ञावालीले जानकारी दिनृभयो ।
वडाहरुमा पुनः सर्वेक्षण सम्पन्न भएको र प्राधिकरणले थपेको समयसीमाभित्र गुनासो दर्ता सकिने ज्ञवालीले जानकारी दिनृभयो । १८ हजार ६८९ लाभग्राहीमध्ये १५ हजार ८ सय २० लाभग्राहीको गुनासो दर्ता सम्पन्न भएको छ भने अब जम्मा २ हजार ८६९ लाभग्राहीको गुनासो दर्ता हुन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button