तपाईँ सुन्दै हुनुहुन्छः

आज ५ बजे प्रधानमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएपछि आज अपरान्ह पत्रकार सम्मेलनमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा सार्वजनिक गर्ने तयारीसाथ रोष्ट्रममा उभिएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नाराबाजी गर्दै बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण सदनमा आफ्ना दृष्टिकोण सार्वजनिक गर्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button