तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाका शीर्ष नेताहरुद्धारा पौडेललाई अन्तिम श्रद्धाञ्जली

चितवन। नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व शिक्षा मन्त्री धनीराम (डिआर) पौडेलको पार्थिव शरीरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
हृदयघातका कारण शुक्रबार बिहान निधन हुनभएका पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन अध्यक्ष प्रचण्ड, पार्टीका सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल, नेताहरु अमिक शेरचन, काशिनाथ अधिकारी, गिरिराज मणी पोखरेल, देव गुरुङ, प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललगायत पार्टीका नेता तथाकार्यकर्ताहरु माडी पुग्नुभएको हो ।
नेताहरुले पौडेलको असामयिक निधनले पार्टी र देशलाई ठूलो क्षति भएको बताउनुभयो । हृदयघातका कारण ५३ वर्षको अल्पायुमै नेता पौडेलको देहवसान भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button