तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं । डडेलधुरा र पश्चिम नवलपरासीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

डडेल्धुराकोे परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाटको चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो ।

चट्याङ् लागेर ३ जना घाईते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै चट्याङ लागेर गम्भीर घाइते नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button