तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु पर्नेमा जोड

अजय । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री इश्वर पोखरेलले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विज्ञान सडक मेलाको जाउलाखेलमा आज उद्घाटन गर्नुहुंदै उपप्रधानमन्त्री पोखरेलले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. शुनील बाबु श्रेष्ठले समृद्धिको आधारका रुपमा रहेको विज्ञान र प्रविधिप्रति युवाहरुलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

पूर्वमन्त्री गणेश साहले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्नु भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण राज विसीले विद्यालय स्तरबाट नै विज्ञान र प्रविधि विषयमा विद्यार्थीहरुलाई आकर्षित गर्न जरुरी रहेको बताउनु भयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विज्ञान सडक मेला दुई दिन सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button