तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक : प्रधानमन्त्री

लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रुपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानु पर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीेले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्वोधनमा उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुग्नुभए लगत्तै हेलिकोप्टर मार्पmत् सम्बोधनका लागि अक्सफोर्ड पुग्नुभएको थियो ।
विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालय अन्र्तगत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकहरुले मन्तव्य व्यक्त गर्दै आउनुभएको छ ।

लण्डन-

प्रतिक्रिया राख्नुहोस्

Back to top button