तपाईँ सुन्दै हुनुहुन्छः

आईएलओ सम्मेलनलाई प्रधानमन्त्रीले आज जेनेभामा सम्बोधन गर्नुहुने

जेनेभा, स्वीट्जरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वीटजरल्याण्डको जेनेभामा महत्वपूर्ण सम्मेलन र भेटवार्तामा सहभागी हुनुहने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले समारोहलाई आज साँझ सम्वोधन गर्नुहुने कार्यक्रम रहेको जेनेभाबाट हाम्रा विशेष प्रतिनिधि नरेश फुयाँलले जनाएका छन् ।

आज नै प्रधानमन्त्री ओलीले नर्बेका प्रधानमन्त्री, टर्कीका उपराष्ट्रपति र स्वीस महासंघका काउन्सिलर, स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेताहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

जेनेभाका विभिन्न कार्यक्रम पछि प्रधानमन्त्री ओली आज संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ ।

यसअघि राष्ट्र«संघ तथा अन्य अन्तर्राष्ट्रि«य सङ्गठनका लागि जेनेभा स्थित नेपाली स्थायी नियोगले हिजो साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तिब्र रुपमा अघि बढाउनुपर्ने खाँचो रहेको र अहिलेको सरकारले त्यो अभिभारालाई ग्रहण गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा ठूलो संघर्ष तथा संविधान निर्माणको अगुवाइ गरेर आएको वर्तमान सरकार आफ्नो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्नुभयो ।

लामो बलिदानपूर्ण संघर्ष पुरा भएर जनताले यो सरकारलाई ठूलो विश्वास सुम्पेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले सुशासन र तीब्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताउनुभयो ।
गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विषयको माग र भावनाप्रति आपूm जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विदेशीरहेको नेपाली जनशक्तिलाई नेपालमै बस्ने वातावरण निर्माणका लागि सरकार लागिरहेको बताउनुभयो ।
मुलुक समृद्ध बन्न नसकेकै कारण समृद्ध देशहरुबाट अपहेलित हुनुपर्ने अवस्थाको उदाहरण दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो अवस्था परिवर्तन गर्न सरकारले समृद्ध नेपाल र सुखि नेपाली निर्माणमा केन्द्रित गरिरहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सबै नेपालीले सामाजिक न्याय, समानता, समान अधिकार, सुरक्षा र अवसर .पाउने वातावरण निर्माण गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनभयो ।
हिजो जेनेभा पुग्नुभएपछि प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीटजरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्र्रिया पनि गर्नुभयो ।
त्यस अवसरमा गैरआवासीय नेपाली नागरिक संगठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङ सहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलार्ई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताउनुभयो ।

यसअघि युरोपका विभिन्न मुलुकहरुको भ्रमणको शुरुमा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा आइपुग्नुभएको हो । जेनेभा अन्तर्राष्ट्रि«य विमानस्थलमा प्रधानमन्त्री ओलीलाइ जेनेभास्थित स्वीस मिशनका प्रमुख ःMr. Valentin Zellweger का साथै नेपाली राजदूत सहित नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button