तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम

अत्तरिया, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम ल्याउँदै छ । आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि नीति तथा कार्यक्रम आउन लागेको हो । नीति तथा कार्यक्रमका लागि आइतबार अपराह्न ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
प्रदेशसभामा प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । प्रदेश सरकारको बजेट असार १ गते ल्याउने कार्यक्रम छ । आगामी आर्थिक वर्षका लागि करिब ३० अर्ब रुपियाँ बराबरको बजेट ल्याउने गरी प्रदेश सरकारले तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button