तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसको अवसरमा जागरण गीत सम्मेलनको आयोजना

सिर्जना थापा, सरिता खनाल । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक नवनिर्माण र आर्थिक प्रगतिको बाटोमा अघि बढेको बताउनुभएको छ ।

१२ आँै गणतन्त्र दिवसको अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको संयुक्त आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा आयोजित जागरण गीत सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले गणतन्त्र कसैले दिएको उपहार नभई जनताको रगत, पसिना र राष्ट्रको स्वाधिनतासँग गासिएको बताउनुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले गणतन्त्रले सम्पूर्ण जनतालाई सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरिसकेको बताउनुहुँदै प्राप्त उपलव्धीलाई संस्थागत गर्दै राष्ट्र निर्माणको महाअभियानमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकार गरिबि न्यूनिकरण, पूर्वाधारको विकास र मुलुकमै रोजगारी सिर्जना गर्ने नीतिमा केन्द्रित रहेर अघि बढिरहेको बताउनुभयो ।

सम्मेलनमा एकल र संयुक्त गरी ३० वटा जागरण गीत प्रस्तुत गरिएको थियो । त्यस अवसरमा मन्त्री बाँस्कोटाले कलाकारहरुलाई प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button