तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनसबीच आज भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा राजनीतिक स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको थियो ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालमा राजनीतिक स्थिरतासँगै सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो ।

त्यस अवसरमा बेलायती मन्त्री डा.बरोनले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराउँदै बेलायत सरकारले सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button