तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा बुद्धजयन्तीको भव्य तयारी

लुम्विनी । २५६३ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्वन्धित क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका छन् ।
सरसफाई, रक्तदान, अन्तरक्रिया बिद्यालयस्तरीय विभिन्न प्रतियोतिाहरु भईरहेका छन् । लुम्विनी विकास कोषले रुपन्देही, नवलपरासी र कपिलवस्तुका १ सय छात्रालाई प्रतिछात्रा ५ हजार रुपैयाँका दरले छात्रावृत्ति बितरण गर्दैछ । लुम्विनी नहरमा पानी भरिदैँ छ । मायादेबी मन्दिर र बिहारमा रङ्रोगन र बौद्ध ध्वजाले सजाइँदै छ ।
यस पटकको बुद्ध जयन्तीका दिन जेठ ४ गते प्रदेश नम्बर ५ को सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्षको राष्ट्रपति बिद्यादेबी भण्डारीबाट शुभारम्भ हँुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button