तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली कम्बोडियामा

कम्बोडिया । प्रधानमन्त्री के.पी. शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया पुग्नुभएको छ ।
कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली कम्बोडिया भ्रमणमा जानुभएको हो ।
प्रधानमन्त्री ओलीलाई कम्बोडियाको नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नुभयो ।
प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुनछ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजीक्षेत्रका व्यवसायी लगायत हुुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button