तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा जीप दुर्घटना : सहचालकको मृत्यु

बझाङ । बझाङमा जीप दुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं. ६ स्थित गोमती खोलामा बुधबार राती करिव ११ बजे तिर दुर्घटना भएको होे । दुर्घटनामा परी थलारा गाउँपालिका वडा नं. ६ का १९ बर्षिया टिका भट्राईको घटनास्थलमा नै ज्यान गएको हो । उनी जीपका सहचालक हुन् ।
थलारा गाउपालिकाको झनानाबाट बिबाहको सामान लिएर फर्कने क्रममा गोमती खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भट्राईसँगै जीपमा रहेका जिप चालक कमल साउँद फरार रहेका छन् । साउँद जिप मालिक पनी रहेको र उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button