तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नबराज छत्कुली, धादिङ । पुथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेल्खु खोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं ५ का कवि कुमार महर्जन र राजु महर्जन रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट काठमाडौं आउदै गरेको मोटरसाइकले ट्रकलाई ओभरटेक गर्ने क्रममा चितवन जादै गरेको माइक्रो बससँग ठोक्किएर सडकमा पल्टिएका दुबै जनालाई ट्रकको पछाडिको चक्काले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button