तपाईँ सुन्दै हुनुहुन्छः

सर्वाेत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

परासी । पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वाेत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको खुल्न आएको छ ।

स्थानीयवासीको गुनासोपछि राष्ट्रियसभाका सांसद रामलखन हरिजन र जिल्ला समन्वय समिति(जिसस)का प्रमुख शिवशङ्कर रायसहितको टोलीले स्थलगत अनुगमन गर्दा उद्योगले वन क्षेत्र अतिक्रमण गर्नाका साथै नेपाल सरकारसँग गरेको सम्झौता समेत उल्लङ्घन गरेको पाइएको हो ।

उद्योगले विसं २०७३ मा भएको सम्झौताअनुसार हालसम्म पनि निजी जग्गा खरीद गरी सरकारको नाममा पास नगरेको र प्रयोग गर्न दिइएको जग्गा बाहेक थप दुई बिघा जग्गा अतिक्रमण गरी संरचना बनाएको पाइएको राष्ट्रियसभाका सांसद हरिजनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button