तपाईँ सुन्दै हुनुहुन्छः

अफ्रिकाको केही मुलुकहरूमा कोरोना सङ्क्रमणको तेस्रो चरण सुरु : विश्व स्वास्थ्य संगठन

दक्षिण अफ्रिका । अफ्रिकाको केही मुलुकहरूमा कोरोना सङ्क्रमणको तेस्रो चरण सुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले खोपको अभावमा कोरोना संक्रमण अत्यधिक बढेको बताउनु भएको छ । 

अफ्रिकाको कूल जनसङ्ख्याको दुई प्रतिशतले मात्र खोप लगाएका राष्ट्रपति रामाफोसाले बताउनुभयो । 

विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत कोरोना विरुद्धको खोप पाएका धेरै अल्पविकसित राष्ट्रहरूमा खोपको कमीका कारण खोप अभियान रोकिएको बताइएको छ । 

विश्व स्वास्थ्य संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस अलवार्डले संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत १ सय ३१ देशहरूलाई ९ करोड खोप वितरण गरिए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी रोक्न त्यो पर्याप्त नभएको बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button