तपाईँ सुन्दै हुनुहुन्छः

बारामा थप तीन प्रहरीमा कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका थप तीन जना प्रहरीमा कोरोना भाईरस देखिएको छ ।

कोरोना देखिनेमा पर्सा जिल्ला घर भएका वर्ष ३२ का प्रहरी जवान, कलैया उपमहानगरपालिका १६ वर्ष ३४ का प्रहरी हवल्दार र रौतहट घर भएका वर्ष ३४ का प्रहरी जवान गरी तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

कोरोना भाईरस देखिएका प्रहरी कर्मचारीहरुलाई जिल्ला अस्पताल कलैयामा लैजाने तयारी भइरहेको प्रजिअ पण्डितले बताउनुभयो । उनीहरु जेष्ठ ३ गते स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थियो । अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको खोजि कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

आजै सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका वर्ष ४९ का प्रहरी नायब निरिक्षक (सई) को कोरोना पुष्टि भएको केही मिनेटपछि थप तीन प्रहरी कर्मचारीमा कोरोना देखिएको प्रजिअ पण्डितले बताउनुभयो ।

यस भन्दा अघि जेष्ठ ३ गते जिल्ला प्रहरी कार्यालय बारामा नै कार्यरत रहेका वर्ष ३५ का मुद्धा फाटका प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button