तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा गहुँको उत्पादनमा वृद्धि

बीरगंज । यस बर्ष गहुँको उत्पादनमा वृद्धि भएको छ । पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको थियो ।

यस बर्ष ८० हजार ६ सय मेट्रिक टन गहुँ उत्पादन भएको छ । गत आर्थिक बर्ष ०७५/०७६ मा पर्सामा ६७ हजार ६ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस बर्ष उत्पादकत्व बढेर १३ हजार मेट्रिकटन बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले बताउनुभयो ।

डा.यादवका अनुसार गत बर्षको उत्पादकत्व प्रति हेक्टर २.६ मेट्रिक टन रहेको थियो । चालू आर्थिक बर्षमा उपादकत्व बढेर प्रतिहेक्टरमा ३.१ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

गतबर्ष भन्दा यस बर्ष पर्सामा गहुँ उत्पादनमा १९ प्रतिशतले वृद्धि भएको हो ।

गहुँलाई आवश्यक पर्ने पानी समयमा परेको, रोगको प्रकोप नदेखिएको हुँदा गहुँको उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.यादवले बताउनुभयो ।

उहाँले चैतको अन्तिम सातामा आएको हावाहुरीले पर्सामा ६ हजार ३ सय ५० हेक्टरमा लगाइएको गहुँ बालीमा भने क्षति नपर्याएको भए उत्पादन प्रतिशतको दर प्रति हेक्टर ३.२ मेट्रिकटन भन्दा माथि पुग्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेकोे बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button